अश्विन दानी, पोखरा । मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वले बुधबार मजदुर दिवस मनाइरहेको बेला २४ बर्षीय त्रिभुवन शाह भने विहानै ७ बजे बिउँझिए अनि साइकलमा ५० किलो जाने ५ ओटा बोरा राखेर पोखराको नयाँबजार तिर हिँडे ।
‘थोत्रो कापीकिताब, बोत्तल, टुटे-फुटेका सामान’ जोडजोडले चिच्चाउँदै बिहान करिब ८ बजे पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजारमा रहेको सदाफल कम्यूनिकेशनमा हातले साइकल डोराउँदै शाह आइपुगे । बिगत ५ बर्षदेखि पोखरामा ‘कवाड’ सामान बटुल्ने पेशा गरिरहेका भारतका शर्मालाई मजदुर दिवसको पत्तै छैन ।
सदाफलबाट ‘कवाड’ सामान किन्दाकिन्दै त्यहीका स्थानीयले मजदुर दिवसको दिनमा पनि काम गर्नुहुन्छ भनेर प्रश्न गर्नु बित्तिकै शर्मा अचम्म पर्दै भने, ‘आज मजदुर दिवस पो हो ? मलाई थाहा छैन ।’
हरेक दिन करिब ९÷१० घण्टा ‘कवाड’ सामाग्री बटुल्दै हिँड्ने गरेको बताउने शर्मालाई श्रमिक दिवसको वास्ता छैन । ‘ हामीलाई तलब आउँदैन । काम गरे साहुले पैसा दिहाल्छ नगरे कस्ले दिन्छ ?’ उनले भने, ‘अनि पैसा कमाए भने जहान कसरी पाल्ने, के खाने ? बच्चाबच्ची कसरी पढाउने ?’ उनले थपे, ‘काम गरे मात्रै पैसा आउने मान्छेलाई दिवस मनाएर बिदा बस्यो भने झन घाटा भैहाल्छ ।’
‘मजदुरी गर्नेलाई अधिकांश मानिसले अपहेलना गर्छन्’
मजदुरी गर्नेहरुलाई अधिकांश मानिसले तल्लो दर्जाको सम्झेर अपहेलना गर्ने भन्दै उनले दुःख पोखे । ‘मैले कवाड सामान बेचेरै पाँच जना जहान पाल्याछु । यो काममा म खुशी नै छु’ उनले भने, ‘तर, सामान बटुल्दै हिँड्दा कोहिले फोहोरी भन्दै जिस्काउँछ । सामान छ भनेर सोध्दा कसैले गाली गर्छन् त्यतिबेला दुःख लाग्छ ।’
‘नेपालमा जताजतै काम छ, जे गरे पनि पैसा कमाईन्छ’
नेपालीहरु स्वदेशमा रोजगारी नभएको भन्दै धमाधम बैदेशिक रोजगारीमा जाने क्रम दिनदिनै बढ्दै गएको छ । तर, भारतबाट नेपालमा काम गर्न आएका मजदुर भने नेपालमा प्रशस्तै रोजगारीको अवसर भएको बताउँछन् ।
‘नेपालमा जताततै काम छ, जे गरेपनि पैसा कमाईन्छ’ शाहले भने, ‘नेपालका दाजुभाइहरु बिदेश गएको देख्छु त मलाई अचम्म लाग्छ । यहाँ त दुःख गर्ने मान्छेलाई जे गरेपनि हुन्छ । बहुत राम्रो ठाउँ छ, नेपाल ।’ नेपालीहरुमा कामलाई सानोठूलो भन्दै बर्गिकरण गर्ने नराम्रो पवृत्ति भएकाले बिदेश जाने गरेको उनले तर्क गरे ।
‘काम पनि सानोठूलो हुन्छ त ? उनले भने, ‘तर, नेपालका मान्छेहरु कामलाई सानोठूलो भन्ने रैछन् । अनि यहाँ भएको काम छाडेर सबै बिदेश जाँदा रहेछन् । बिदेशमा चाँहि कस्तो काम पाईन्छ कुन्नि ?’ त्रिभुवन व्यंग्यात्मक पाराका साथ मुस्काए अनि हिँडे ।

सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु