नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्स गरिदिएको छ। वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् ।
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।
विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण साेधेको थियो। लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेकाे बताउँदै आएका छन्। यस विषयमा आफूले अनौपचारिक रूपमा खबर सुनेको तर आधिकारीक नपाएको लामाले जानकारी दिए।
प्रवक्ताबाट हटाइए
नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो । उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो