रोल्पा – ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’
तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’
घर छाडेकाे केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएकाे भनेपछि आफू माओवादी छाडेर भागेकाे बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दु:ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनकाे दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेकाे छैनन् ।
माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएकाे दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनकाे लडाइँमा परेर मृत्यु भइसकेकाे अन्दाज पनि लगाए । यमेा समाचार दिनेश सुवेदीले नागरिकमा लेखेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो