मोरङ – गत बैशाख ७ गते निर्वस्त्र अवस्थामा मृत फेला परेकी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ ।
घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्।
उनी स्थानीय वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी थिइन् । वलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका थिए ।
सोही आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार नै तनावग्रस्त बनेको थियो । आन्दोलनकारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २९ सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । सोही प्रहारमा ५ जना घाइते भएका थिए ।
हत्यामा संलग्नलाई कारवाही हुनुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, महिला हिंसा बन्द गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका आन्दोलनकारीले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना समेत दिएका थिए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम