घर-घरमा गई आतंक मच्चाउने भालु तनहुँको मिर्लुङ्गमा मृत फेला

घर-घरमा गई आतंक मच्चाउने भालु तनहुँको मिर्लुङ्गमा मृत फेला

Bhalu Bhanu Dead

तनहुँ । तनहुँको भानु १३ को मिर्लुङ्गमा मृत अवस्थामा एउटा भालु फेला परेको छ । घरघरमा गई मानिसलाई नै आक्रमण गरी आतंक मच्चाउने भालु मृत अवस्थामा भेटिएको हो ।

भालुले मिर्लुङ्गको चनौटे, तीनघर, बिसाउन, खड्कागाउँ, असिमुरे, सिस्ने, बाँकेपसल, मियाँगाउँ लगायतका गाउँका घरघरमा गई गाईभैसीको कुँडो, कुखुरा, फर्सी, कोदो लगायतका अन्नवाली खाने तथा मानिसलाई समेत आक्रमण गरी आतंक मच्याएको थियो ।

उक्त गाउँगाउँमा डुलेर आतंकित बनाउने ३ वटा भालु मध्य एउटा भालु गत शनिबार मृत अवस्थामा भेटिएको हो । भालुको आक्रमणबाट स्थानीय २ जना घाइते समेत भएका थिए । घाइते मध्ये एक जना उपचार पछि ठिक भएर घर फर्किका छन् भने एक जनाको पोखरामा उपचार भइरहेको छ ।

भालुकै कारण गाउँका मानिसहरु त्रसित अवस्थामा छन् । मृत अवस्थामा भेटीएको भालु बुढो भएकाले रुखबाट खसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ । मरेको भालुलाई डिभजिन वन कार्यालय तनहुँले आवश्यक प्रक्रिया पुरा गरी गाडेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds