नेपाल लगातार एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा सिंगापुर तेस्रो भयो । सिंगापुरले हङकङलाई ८१ रनले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । योसंगै नेपालले मलेसियालाई लगातार दुई खेलमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्यो । समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै थाईल्यान्डसँगको खेलमा वर्षले गर्दा रद्ध भएको थियो । सेमिफाईनल खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए । जिनेद्र मुरलीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए । यस्तै दीपक बोहोराले ३ विकेट लिए । समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए । ६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे । यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए ।
यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए । यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३, जिनेन्द्र मुरली २, अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए ।

Pre Event Briefing of ACC U16 EASTERN REGION 2019 held at Chiang Mai,Thailand on the 20 April 2019
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो