पोखरा । रामबहादुर पौडेल लगायतका अभियन्ताहरुको अगुवाईमा पोखरा वृहत सफाई अभियानको १५२ औं श्रृंखला सम्पन्न भइसकेको छ । अभियानले फेवातालमा मिसिने फिर्के बुलौंदीमा सरसफाई गरिसकेको छ । सरसफाई भन्ने कुरा एक दिन गरिने कुरा हैन, अभियानले फोहोर छ, फोहोर नगरौं भनेर सचेतनाका लागि नै सफाई गरेको हो । सधैं अभियानले आएर खोला र ताल सफा गर्छ भन्ने हैन । पोखराको गौरव फेवाताल, पोखरेलीकै कारण कुरुप बन्दै गएको छ, पुरिँदै गएको छ, फोहोर बन्दै गएको छ ।
१० दिन अघि फेवातालको ड्यामसाईडस्थित गाईघाटमा फिर्केखोलाले बगाइल्याउने फोहरमैला रोक्न अस्थायी चेकड्याम निर्माण गरियो ।

बृहत् सफाइ अभियानको विशेष पहल र पोखरा महानगरको सहयोगमा निर्मित उक्त चेकड्याम ठड्याउन नेपाल प्रहरीको पार्दीमा रहेको गणबाट आवश्यक जनशक्ति खटाइएको थियो । फिर्के खोलाबाट बगेर आउने फोहोरले फेवाताल प्रदुषित हुने क्रम बढेपछि उक्त खोलामा मेटल र जालीको चेक ड्याम बनाइएको हो ।

एक हप्ता बीचमै ड्याममा फोहोरको डंगुर लाग्यो । पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेल फेवातालको प्रदुषण रोक्ने दीर्घकालीन समाधान चाहिँ फिर्के लगायतका खोलाहरुमा चेकरसिल्ट ड्याम बनाउने तथा खोलामा फोहोर फाल्ने कामलाई निषेध र दण्डित गर्नु नै रहेको बताउँदै जसको लागि महानगरले प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।

बृहत् पोखरा सफाइ अभियान अन्तर्गत शनिबार फिर्के खोलाबाट फेवातालमा मिसिएको फोहोरमैला हटाएर ताल सफा गरिएको थियो । बेगनासताल सफाई अभियानले समेत फेवाताल सफाई अभियानमा साथ दिएको छ ।






सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो