श्यामशितल परियार, लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङकी किसान आशकुमारी गुरुङले विगतमा घरमा गाईबस्तु पाल्थिन् । गाईबस्तुको मलमूत्र उनले खेतबारीमा प्रयोग गर्थिन् ।
अहिले उनले गाईकस्तु पाल्न छाडेकी छिन् । उनीजस्तै गाउँघरमा अहिले गाईबस्तु पाल्नेको संख्या घट्दो छ । त्यसैले पनि खेतीपातीका लागि आवश्यक मल पाउन समस्या छ ।
खेतीपातीका लागि मल पाउन समस्या भएसँगै आशकुमारीले घरमा संकलन हुने पिसाब खेतबारीमा प्रयोग गरी खेती गर्ने योजना बनाएकी छिन् ।
‘गाउँमा पशुचौपाय पाल्न छाडिएको छ । मल पाउन समस्या छ । यसको सट्टामा घर तथा सार्वजनिक स्थलमा संकलन भएको मानव मलमूत्र बालीमा हाल्ने योजना बनाएको छु’, उनले भनिन् ।
उनका अनुसार घरमै पिसाब संकलन गरेर बारीमा प्रयोग गर्दा उत्पादन बढ्छ । रोग लाग्दैन । ‘यस्तो जानकारी हामीले तालिमबाट पाएका छौँ’,उनले भनिन्, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहजलागेको छ ।’
स्थानीय किसान बैंशबहादुर गुरुङका अनुसार मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेका छन् ।
पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन यहाँका किसान जुटेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेका हुन् ।
‘वैैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिन्छ । संकलित पिसाब बोटविरुवा तथा तरकारीमा हालिन्छ,’ उनले भनिन् ।
वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई ‘कृषि बालीमा मानव मलमूत्र’ सम्बन्धी ३ दिने तालिम दिइसकेको छ । पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको छ ।
उनका अनुसार सुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाब संकलन गर्नेछन् । तरकारी लगाएको ठाउँमा हाल्नेछन् । एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्नसकिन्छ ।
जिल्ला सु–आहारा सरसफाइ अधिकृत रोशन चौलागाईँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ ।
घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उनले बताए ।
उनका अनुसार स्याङजा, म्याग्दी, बाग्लुङलगायतका जिल्लाका कतिपय किसानले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गरिरहेका छन् । राम्रो कृषि उत्पादन गरिरहेका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो