एउटै जग्गा १५ जनालाई देखाएर ३३ लाख ठगी, स्याङ्जाकी सुनीता पक्राउ

एउटै जग्गा १५ जनालाई देखाएर ३३ लाख ठगी, स्याङ्जाकी सुनीता पक्राउ

स्याङ्जा । स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो।

थापाका नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा सडकले छोएको मूल्यवान घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा रकम लिएको आरोपमा यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

१५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरीमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट सात  म्याद थपी थापालाई अनुसन्धान गरिरहेको जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds