वीर अस्पतालले किन्यो १ पैसामा अण्डा, एक रुपैँयामा एक केजी चिनि !

वीर अस्पतालले किन्यो १ पैसामा अण्डा, एक रुपैँयामा एक केजी चिनि !

egg

सांकेतीक चित्र

काठमाडौं– अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न गरिद गरेको भेटिएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–अस्पतालले चिनी, बिस्कुट, तेललगायतका खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यू सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यामा सामान दिने सम्झौता अनुसार सुयोगको टेन्डर स्वीकृत भयो ।

उसले दिएको मूल्यसूची हेर्दा पत्याउनै नसकिने खालको रहेको छ । अहिलेको बजार भाउअनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ