अमेरिकाको लैजाने भन्दै कलाकारको आवरणमा मानव तस्करी , समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

अमेरिकाको लैजाने भन्दै कलाकारको आवरणमा मानव तस्करी , समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

sudarshan-gautam

काठमाडौं। नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ ।गौतम ‘हिम्मतवाली’ फिल्मका नायक हुन् ।

नेपाल प्रहरीकाे पटक पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्नेछन् । उनी हाल क्यानडा बस्दै आएका छन् ।

अमेरिकाको सपना देखाएर तीन युवतीलाई गौतमले २ वर्षअघि हाइटी पुर्याएका थिए । हाइटीबाट सामान्य पानी जहाजमा अमेरिका भनि पठाइएका युवतीमध्ये भक्तपुरकी सुमित्रा कुँवरको समुन्द्रमै मृत्यु भएपछि रहस्य बाहिर आएको थियो ।

बाँचेका दुई जना स्वदेश फर्किएपछि उनीहरुकै उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा गौतमको मुख्य संलग्नता रहेको खुलासा भएको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ