नेपालकै अस्पताल : ‘जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ’

नेपालकै अस्पताल : ‘जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ’

hospital

काठमाडौं – बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् ।

काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्गे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन् ।

गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे ।

शिविर चलाउँदा चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो ।  डाक्टरले आराम गर्नु भनेका छन् । तर आराम गर्दैनन् । गुम्बामा लामासँगै गाउँलेको उपचारमा खटिइरहेका छन् । यो समाचार राजु स्याङ्तानले नयाँ पत्रिकामा लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ