पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरु सफाई अभियानमा जुटेका छन् । उनिहरुले अहिले जथाभावी फोहोर फाल्ने देखि सचेतना अभियान गरिरहेका छन् ।
आज मात्रै उनिहरुले जथाभावी मरेको कुखुरा फाल्ने एक जनालाई पक्राउ गरे । आज बिहान स्थानीय शेषकान्त बरालले देखेपछि भ्यु पोइन्ट युवा क्लबको सक्रियतामा कुखुरा सप्लायर्सलाई रंगेहात पक्राउ गरिएको हो ।
पोखरा-१७ छोरेपाटनबाट ग ३ प ९९७६ नम्बरको बाइकमा गएका उनलाई पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल ‘धड्कन’ ले जानकारी दिए । उनको आग्रह अनुसार नाम खुलाइएको छैन् ।
पक्राउ परेका उनलाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको क्लबको सचिब कुशल बरालले बताए । यसअघि क्लबले जथाभावी फोहोर फाल्ने दुई जनालाई पक्राउ गरेको थिए ।
क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यु पोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसंग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको सचिब बरालले जानकारी दिए । अध्यक्ष बरालले आफू आफ्नो गाउँ ठाउँको विकासमा सधैं लागिरहने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु