काठमाडौं– अपहरण गरी हात खुट्टा काटेर हत्या गर्ने १६ जना जेल चलान भएका छन् भने ३ जना धरौटी रिहा भएका छन् । भारतको बहराइज थाना मोतिपुर घर भई नेपालगञ्ज बस्दै आएका जुदेन अन्सारीको हत्यामा संलग्न १६ जना जेल चलान भएका हुन्। जुदेनको अपहरण पश्चात हात खुट्टा काटेर हत्या गरिएको थियो ।
जग्गा काराेबारका कारण भएकाे थियाे अपहरण पश्चात् हत्या
नेपालगञ्ज उपमहानगरपालिका– ३ का खैरुल हसन अन्सारीले र नेपाल बस्दै आएका जुदेनले साझेदारीमा काम गर्दै आएका थिए । सोही क्रममा गत माघ १० गते खैरुलले जुदेनलाई फोन गरेर चार बाहिनीचोक नेपालगञ्जमा बोलाएका थिए। जुदेन खैरुलले बोलाएपछि चोकमा पुगेका थिए। त्यसपश्चात उनको अपहरण भएको थियो।
जुदेनलाई अपहरण गरी भारतको बाबागञ्ज एरियामा लगिएको थियो। त्यसपछि माघ १२ गते साँझ भारत बाबागञ्ज एरियामा जुनेदको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा लास फेला परेको थियो।घटनामा प्रारम्भिक मुचुल्का लगायतको कार्य प्रहरी थाना भारत नवाबगञ्जबाट भएको थियो। जुनेदको श्रीमती गौरी मल्ल अन्सारीले भारत नबाबगञ्जमै गई शव सनाखत गरीसकेपछि फागुन १३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।
त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जना को संलग्नतामा जुदेनलाई अपहरण गरी हत्या गरेको खुल्न आएको थियो।
अनुसन्धानको क्रममा खैरुल र मृतक जुनेदले मालपोत कार्यालयका कर्मचारीहरूसँग मिलेर सरकारी जग्गाका सक्कली कागजातहरू आफ्नो नियन्त्रणमा लिई कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको पाइएको थियो।
सोही क्रममा उनीहरूले बाँकेको खास कारकाँदो– ७ को कित्ता नं २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिँचाइ आयोजनाको कम्पाउण्डभित्रको जग्गा ९ महिनाअघि सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेका थिए।
नेपालगञ्ज उपमहानगरपालिका– ३ कित्ता नं १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लाली मल्लको नाममा ८ महिना पहिला जग्गा धनी दर्ता श्रेस्ता कायम गरिएको थियो।
त्यस्तै साविक बर्दिया नेउलापुर गाविस –७ को कित्ता नं १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी गत पुस १२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुलबाट जुनेदले आफ्नो डेरा कोठामा राख्ने गरेका थिए। खैरुलले जुदेनसँग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गरेका थिए। तर, उक्त कागजात जुनेदले नदिएको अनुसन्धानको क्रममा खुल्न आएपछि मृतक जुनेदको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए।
सोही क्रमममा विवाद हुँदा उनको अपहरण गरी हत्या गरिएको थियो । जुनेदको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरू खैरुल हसन अन्सारी र सज्जन सैयाद तथा सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न मालपोत अधिकृत लगायत अन्य कर्मचारी र लेखन्दास समेत गरी १६ जना पुर्पक्षका लागि जेल चलान भएको प्रदेश ५ को प्रहरी कार्यालयले जनाएको छ। उक्त घटनामा संलग्न अन्य १ जना भारतीय नागरिक सहित १२ जना भने अझै फरार छन् ।
news source : nepallive
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए