साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड, एकजनालाई मृत्युदण्ड पछि सुलीमा टाङ्गियो

साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड, एकजनालाई मृत्युदण्ड पछि सुलीमा टाङ्गियो

saudi_arabia_execution_beheading_human_rights_terrorism_criticism_

एजेन्सी । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो ।  अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।

‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् ।

मंगलबारको सरकारी वक्तव्यमा अबुकरिम अल–हवाजको नाम पनि उल्लेछ । एम्नेष्टी इन्टरनेशनलका अनुसार उनी पक्राउ पर्दा १६ वर्षका नाबालिग थिए । उनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएकोमा दोषी ठहराइएको थियो ।

एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ । एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ ।

साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ । मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ ।

बीन समालनपछि आलोचकको धरपकडमा वृद्धि

सन् २०१५ मा अधिराज्यको राजनीतिक दृश्यमा उदाए लगतै वर्तमान युवराज मोहमद बीन सलमानले आलोचकहरुविरुद्ध तीव्र धरपकड सुरु गरे । उनले आफ्नो राजनीकि करियर रक्षा मन्त्रीको रुपमा सुरु गरेका थिए ।

पछिल्ला केही वर्षमा युवराज बीन सलमानले सयौं अभियानकर्मी, शिर्ष धर्मगुरु, विश्लेषक, व्यवसायी र राजकुमारलाई पक्राउ गराए । अघिल्लो वर्ष बीन सलमानले साउदी महिलाहरुमाथि रहेका केही प्रतिबन्ध फुकुवा गरेका थिए ।

उक्त कदमको लागि उनको प्रशंसा भइरहेकै समयमा उनले केही महिला अधिकारकर्मीलाई पक्राउ गराए । तिनलाई हिरासतमा यातना दिएको आरोप छ । सरकारी अधिकारीले भने तिनको विदेशी तत्वसँग ‘शंकास्पद सम्पर्क’ रहेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds