जापानले तत्काल नेपाली कामदार नलाने, मापदण्ड अन्यौल हुँदा ढिलाइ

जापानले तत्काल नेपाली कामदार नलाने, मापदण्ड अन्यौल हुँदा ढिलाइ

japan

काठमाडौं– जापानले सन् २०१९ मा नेपालबाट रोजगारीका लागि श्रमिक आपूर्ति नगर्ने संकेत देखिएको छ । दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो नलगाएकाले सन् २०१९ मा श्रमिक आपूर्ति नगर्ने संकेत देखिएको हो ।

यो प्रक्रियामा जापानमै अध्ययन गरेका र काम गरिरहेका नेपाली विद्यार्थी भने सहभागी हुन पाउने छन् । जापानिज भाषा (एनफोर) पास गरेर रोजगारीमा कार्यरत विदेशी विद्यार्थीले वर्किङ भिसाका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । अध्ययन सकेर रोजगारीमा कार्यरत विदेशी विद्यार्थीलाई कामको क्षमताका आधारमा वर्किङ भिसा दिइने जापानको कानुन मन्त्रालयले जानकारी दिएको छ ।

जापानले विदेशी कामदार रोजगारीमा लिदाँ ‘ब्लु कलर’ र दक्ष कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा जारी गर्ने भएको छ । नेपालबाट ‘ब्लु कलर’का श्रमिक लिने बताइएपनि प्रस्ट खुलाइएको   छैन । चैत १८ देखि कार्यन्वयनमा आउने गरी ११ गते दुई देशबीच श्रम समझदारीपत्र एमओसीमा हस्ताक्षर भएको थियो । भाषा परीक्षा लिएर नेपाली श्रमिक आपूर्ति गर्ने सहमति भएपनि कुन तहको भाषा र कस्ता श्रमिक लिने भने प्रष्ट थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ