पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा एक ब्यक्ति सुतिरहेको अवस्थामा मृत फेला परेका छन् । बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भई पोखरामा मान्छे छाड्न आएका ड्राइभिङ गर्ने मोतिलाल चौधरी आज बिहान मृत फेला परेका हुन् । स्थानीय शान्तिमार्ग स्थित ईन्दिरा कँडेलको घरमा सुतिरहेकै अवस्थामा उनको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहका अनुसार चौधरी चालक हुन् । हिजो बर्दियाबाट मान्छे छाड्न पोखरा आएका थिए । पोखरा आईपुग्दा रात परेकाले यतै सुतेर विहानै ४ बजे बर्दिया फर्कने योजनामा थिए । बेलुकी चाँडै नै खाना खुवाएर घरको एउटा कोठाको भुईंमा ओछ्यान लगाएर सुताइएको थियो । तर, बिहान नउठेपछि हेर्दा मृत अवस्थामा फेला परेका थिए ।
डिएसपी शाहले अहिले चौधरीको आफन्तलाई कुरिरहेको जनाए । सुत्केरी खान बर्दिया गएका मोती सरा सिग्देल, बन्दना सिग्देल र शारदा सापकोटालाई लिएर चौधरी पोखरा आएका थिए ।
तस्विरः तीर्थ केसी
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम