राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनीयरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सम्बोधन नगरेको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।
चार वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनाको घोषणा गरेका हुन् ।
नौं महिनासम्म पनि सरकारले आफ्ना माग सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।
प्राधिकरणका इन्जिनियरहरुले विगत नौं महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आएका छन् । आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कने अध्यक्ष अमरले बताए ।
भत्तालगायतको सेवा, सुविधा उपलब्ध ग
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम