बन्द भए चिनी मिल, किसानले एक रुपियाँ पनि पाएनन्

बन्द भए चिनी मिल, किसानले एक रुपियाँ पनि पाएनन्

Tully Sugar Mill

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा   छ ।

स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन् । अन्नपूर्णले नौ लाख सात हजार ६९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्विन्टल उखु पेलेका छन् । यी दुवै उद्योगले यस वर्ष किसानलाई एक रुपियाँ पनि भुक्तानी गरेका छैनन् ।

क्रसिङ सिजन बन्द गर्ने अन्तिम सूचना निकालेको उत्तरी भेगको पूर्व–पश्चिम राजमार्ग्स्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्विन्टल उखु पेलेको छ । यो उद्योग पनि दुई–चार दिन सञ्चालन गरेर बन्द गर्ने तयारी छ ।

माघ पहिलो सातादेखि उखु पेल्न सुरु गरेको इन्दुशङ्करले किसानलाई माघभरको झण्डै ४५ करोड आठ लाख रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds