आज एकै दिन भूकम्पका तीन धक्का, केन्द्रविन्दु एउटै

आज एकै दिन भूकम्पका तीन धक्का, केन्द्रविन्दु एउटै

Earthquake

काठमाडौं। बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ। बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्यूडको पहिलो पराकम्पन मापन गरिएको थियो ।

यस्तै, बुधबारै बिहान ६ बजेर ४० मिनेटमा पुनः नौबीसे आसपास नै केन्द्रविन्दु भएको ४.३ म्यानिच्यूडको कम्पन मापन गरिएको थियो । त्यसपछि बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३.९ म्याग्निच्यूडको कम्पन मापन भएको हो। यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सामान्यतया ४ म्याग्निच्यूडदेखि माथिका भूकम्पका धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ । विनाशकारी गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखि माथिका ५२० ओटा पराकम्पन मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds