तनहुँको दमौलीमा माईक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शर्माको मृत्यु

तनहुँको दमौलीमा माईक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शर्माको मृत्यु

scoter-accident

तनहुँ । तनहुँको दमौलीमा माईक्रोले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार व्यास-४ मालेबगरमा माईक्रोले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक व्यास १० परेवा डाडाका वर्ष २३ का रमेश शर्माको मृत्युको भएको हो ।

पृथ्वी राजमार्ग अन्तरगत दमौलीमा पोखराबाट काठमाडौं जादै गरेको ग १ य ४८५ नम्बरको माईक्रोले ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर घाइते भएका थिए ।

घाइते स्कुटर चालकको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले बताए ।भित्रि सडकखण्डबाट पृथ्वी राजमार्ग तर्फ आउदै गरेको स्कुटरलाई माइक्रोले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माइक्रो, स्कुटर र माइक्रोका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds