काठमाडौं । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ । उपन्यास र फिल्मले वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाएको भन्दै यस समुदायका केही ब्यक्तिले गत वर्षको भदौ ३० मा सर्वोच्चमा मुद्धा हालेका थिए।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले जारी गरेको आदेशको बुँदा–३३ मा भनिएको छ, ‘साहित्य सर्जकले प्रयोग गरेको शब्द, भाषा र शैलीलाई खास सामाजिक सन्दर्भमा हेरी मुल्यांकन गरिनु पर्दछ। त्यसैले अन्यथा खराब मनसाय नभएको अवस्था र प्रचलित कानुनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उत्तरदायी ठहराउनु उचित र विकेकपूर्ण ठानिदैन।’
यो बुँदालाई लिएर ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाले आफ्नो जित भएको बताएकी छन्। सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘लेखकीय स्वतन्त्रताको सम्मान गर्दै अदालतको जुन फैसला आएको छ, त्यसका लागि सम्म्माननीय सर्वोच्च अदालतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’
https://www.facebook.com/permalink.php?story_fbid=794201057621505&id=100010948538698
वादी समुदायको तर्फबाट अगुवाहरू मीना नेपाली, केशव वादी, गोपाल वादी, रञ्जिता नेपाली र निर्मल वादीले मुद्धा दायर गरेका थिए।
सम्बन्धित समाचारः
http://gandaknews.com/sarswoti-pratikchhya/
http://gandaknews.com/nathiya/
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो