पोखरा । पद्म नर्सिङ होम प्रा. लि. ले पोखराको नदिपुरमा रहेको आफ्नै भवनबाट सेवा सुरु गरेको छ । पद्म नर्सिङ होम प्रा. लि. का संस्थापक अध्यक्ष एवं बरिष्ठ चिकित्सक डाक्टर कुमार शम्सेर राणाले बिरामीको जाँच गरेर नदिपुरबाट नियमित सेवाको सुरुवात गरेका छन् ।
पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होम विगत एक दशक भन्दा लामो समयदेखि बन्द रहको बुद्ध अस्पतालसंग दुई बर्ष पहिले मर्ज भएपछि नर्सिङ होमले आफ्नो स्वामित्वमा आएको साबिकको बुद्ध अस्पताल कै भवनबाट सेवाहरु सुरु गरेको हो । आफ्नै भवनबाट नियमित सेवाहरु सुरु गरेको पद्म नर्सिङ होमले नेपाल सरकारबाट ५० बेडको स्वकृती लिएर सेवा संचालन गरिरहेको छ ।
न्युरोडमा सानो ठाउँ हुदा विरामीलाई सेवा दिन कठिनाइ हुने गरेको बताउदै नदिपुरको भवनबाट सेवा सुरु भएपछि अब उक्त समस्या समाधान हुने नर्सिङ्ग होमका प्रबन्ध निर्देशक डाक्टर यज्ञमान शाक्यले बताए ।अहिले तत्काललाई बिशेषज्ञ सहितको नियमित ओपिडि सेवा, प्याथोलोजी (ल्याब), एक्सरे, भिडियो एक्सरे, इसिजी, इन्डोस्कोपी, इको, फार्मेसी लगायतका सेवाहरु सुरु गरिएको बताउदैै नर्सिङ्ग होमका सहायक ब्यवस्थापक नरेश पौडेलले छिट्टै नै अरु सेवाहरु पनि थप गर्दै लगिने जानकारी दिए ।
हस्पिटलमा बालरोग, हाडजोर्नी तथा नसा, मुटुरोग, फिजिसियन, स्त्री तथा प्रसुती रोग, जनरल सर्जन, रेडियोलोजिस्ट, नाक कान घांटी रोग , नेत्ररोग , नशा तथा मनरोग , छाला तथा यौनरोग, न्युरो , क्यान्सर लगायतका बिशेषज्ञ सेवाका नियमित ओपिडि सेवाहरु सुरु भएका छन् ।
पोखरामा बालरोगका लागि उपयुक्त अस्पताल नभइरहेको अवस्थालाई मध्येनजर राखेर नदिपुरमा पद्य नसिङ्ग होमले बालरोग उपचारलाई मुख्य प्राथमिकता दिएर सेवा सुरु गर्ने लक्ष्य राखेको छ । अस्पतालले सुबिधा सम्पन्न आइसियु, एनआइसियु, पिआइसियु, अप्रेसन कक्ष, एमआरआइ, सिटिस्क्यान लगाएतका सेवा क्रमश सन्चालन गर्दै जाने लक्ष्य पनि राखेको छ ।
काठमाडौ बाहिरको पहिलो निजी अस्पताल पद्य नसिङ होम प्रालिले नदिपुरमा रहेको आफ्नै भवनबाट सेवाहरु सुरु गरेको अबसर पारेर यहि बैशाख १८ गते बुधबार मजदुर दिवसको दिन एक दिन निशुल्क सेवा सचालन गर्ने पनि जनाएको छ । नर्सिङ होममा हाल ३० जना चिकित्सक सहित करिब १ सय जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो