‘काल’ बन्दै दाइजो, सुखमय जीवनको कल्पनामा लाग्ने पूर्णविराम

‘काल’ बन्दै दाइजो, सुखमय जीवनको कल्पनामा लाग्ने पूर्णविराम

daejo

काठमाडौं-तराई-मधेशका महिलाहरु सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर, कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बन्ने गरेको नागरिक दैनिकमा खबर छ ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँ। शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेका बेला प्रहरीले नियन्त्रणमा लियो। सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ। प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए।

‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टिका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकाका पति पन्नालालसहित सबै मलामी भागे।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ