हामी जे खाँदैनौँ त्यसैले मृत्यु निम्त्याइरहेछ

हामी जे खाँदैनौँ त्यसैले मृत्यु निम्त्याइरहेछ

food_

सिएनएन । संसारभरी जतिको मृत्यु हुन्छ, त्यसका लागि मुख्य कारण के होला ? धेरैले धुम्रपान भन्नुहोला, कसैले उच्च रक्तचाप पनि भन्नुहोला । तर होइन । संसारभर धेरैले ज्यान गुमाउने मुख्य कारण हो, कमजोर खान्की ।  ‘धेरैजसो देशमा धुम्रपान र उच्च रक्तचापले होइन, कमजोर खान्कीले मानिसको ज्यान लिइरहेको छ,’ युनिभर्सिटी अफ वासिङ्टनको इन्सिटिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएशनका सह–प्राध्यापक आस्कान आफ्सीनले भने  ।

मानिसहरुले रातो मासु र चिनीयुक्त सोडालगायतका अस्वस्थकर खाना खाइरहेका कारण मात्र मृत्युदर बढिरहेको छैन । जर्नल ल्यान्सेटमा बुधबार प्रकाशित ग्लोबल डाइट एनालाइसिसका मुख्य लेखक आफ्सीनले यस्तो हुनुको मुख्य कारण भनेको हाम्रो खानपिनमा स्वस्थ खानेकुराको कमी र नुनको उच्च मात्रा भएको उल्लेख गरेका छन् ।

‘स्वस्थ खान्कीको बारेमा बहस हुँदा परम्परागतरुपमा अस्वस्थ खानेकुरालाई आफ्नो खान्कीमा समावेश नगर्ने भन्ने कुरा उठ्छ । यो अध्ययनमा भने हामीले धेरै मात्रामा अस्वस्थ खानेकुरा खानेभन्दा थोरैमात्रामा स्वस्थकर खाने विषय महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रष्ट्याएका छौँ,’ उनले भने ।

सन् २०१७ मा संसारभरीका पाँच मृत्तकमध्ये एक (१ करोड ११ लाख व्यक्ति) जनाको मृत्युको कारण अत्यधिक सोडियम र चोकरयुक्त खानेकुरा, फलफूल, बदाम र बियाँहरुको कम सेवनले हुने गरेको पत्ता लगाएको अध्ययनमा उल्लेख छ । उनीहरुको मृत्यु ट्रान्स फ्याट, चीनीयुक्त पेय पदार्थ र रातो र प्रशोधित मासुको सेवनबाट भएको होइन ।

यो अनुसन्धानले ठूलो क्षेत्रफल ओगटेका कारण यो संसारको जुनसुकै कुनामा बस्ने जोसुकैमा पनि लागु हुने न्यूजिल्याण्डको युनिभर्सिटी अफ ओटागोका पोस्टडक्टोरल अनुसन्धानकर्ता एन्ड्र्यु रेनोल्डले बताए । रेनोल्ड उक्त अनुसन्धानमा समावेश भएका थिएनन् ।

१५ आहारसम्बन्धि जोखिम

बिल र मेलिन्दा गेट्स फाउन्डेशनको सहयोगमा गरिएको यो अनुसन्धानमा आफ्सीन र उनका साथीहरुले १५ आहारसम्बन्धि जोखिम र तिनीहरुको मृत्युसँग कस्तो सम्बन्ध छ भन्नेबारे अध्ययन गरे । अस्वस्थकर रातो र प्रशोधित मासु, चीनियुक्त पेय पदार्थ, ट्रान्स फ्याटी एसिड र नुन जसले स्वास्थ्यमा जोखिम निम्त्याउने बताइन्छ त्यसलाई स्वास्थ्यमा फाइदा पुर्याउने खान्कीको कमीले निम्त्याउने जोखिमसँग तुलना गरिएको थियो ।

ती स्वस्थ खानेकुरामा फलफूल, हरियो सागसब्जी, गेडागुडी, दुध, क्याल्सियम, बदाम र बियाँ, फाइबर, सिमी, समुन्द्री खानाबाट प्राप्त हुने ओमेगा थ्री फ्याटी एसिड, पोलिअनस्याचुरेटेड फ्याट, साल्मनलगायत समावेश गरियो ।

नुनबाहेक रातो र प्रशोधित मासु, ट्रान्स फ्याट र चिनीयुक्त पेय पदार्थ धेरैजसो देशका लागि खतराको सूचीको सबैभन्दा तल्लो स्थानमा रह्यो । नुनका कारण धेरैजसो  देशका मानिसको स्वास्थ्यमा जोखिम देखिएको छ ।

वास्तवमा, सन् २०१७ मा संसारभरी मृत्यु भएकाहरुमध्ये आधाको मृत्यु हुनुमा तीन मुख्य कारक तत्व रहेः अत्यधिक नुनको सेवन, चोकरयुक्त खानेकुराको कमी र फलफूलको कमी ।

खान्कीका कारण मृत्यु

खान्कीका कारण सन् २०१७ मा मृत्यु भएकामध्ये एक करोड ११ लाखको मृत्यु मुटुजन्य रोगका कारण भयो । ९ लाख १३ हजारको मृत्यु क्यान्सरका कारण, टाइप टु मधुमेहले तीन लाख ३९ हजारको मृत्यु भयो ।

आश्चर्यजनक रुपमा मोटोपना समस्याको मूल जड नभएको पाइयो । यो विश्वव्यापी रोगको खतरामा छैटौँ स्थानमा पर्ने अफ्सीनले बताए ।

खान्कीले निम्त्याउने मृत्यु सबैभन्दा धेरै उज्बेकिस्तानमा देखियो । त्यसपछि धेरै मृत्यु हुनेमा अफगानिस्तान, मार्सल आइल्याण्ड, पपुवा न्यू गिनी र भानुवातु रहेका छन् ।

आहारका कारण सबैभन्दा थोरै मृत्यु हुनेमा इजराइल रहेको छ भने त्यसपछि क्रमशः फ्रान्स, स्पेन, जापान र एन्डोरा छन् ।

सबैभन्दा कम मृत्युदरमा संयुक्त राज्य २३ औँ स्थानमा छ भने आयरल्याण्ड र स्वीडेन क्रमशः २४ औँ र २५ औँ स्थानमा पर्छन् । संयुक्त राज्य अमेरिका ४३ औँ स्थानमा पर्छ भने रुवान्डा र नाइजेरिया क्रमशः ४१ औं र ४२ औं स्थानमा पर्छन् । भारत एक सय १८ औँ स्थानमा छ भने चीन एक सय ४० औं स्थानमा पर्छ ।

जोखिमका उच्च कारक तत्त्व

संयुक्त राज्य अमेरिका, भारत, ब्राजिल, पाकिस्तान, नाइजेरिया, रसिया, इजिप्ट, जर्मनी, इरान, टर्कीका लागि चोकरयुक्त (होल ग्रेन्स) खानेकुराको कमी जोखिमको सबैभन्दा ठूलो कारक तत्व हो ।

यसको यो अर्थ होइन कि यो देशका नागरिकले चोकरयुक्त खानेकुरा र गेडागुडी खाँदैनन्, उनीहरु यसको साटो प्रशोधित खानेकुरा खान्छन् जसमा निकै कम पौष्टिक तत्त्व हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds