विप्लवले जारी गरे विज्ञप्ति: ‘हामी अहिले पनि भन्दैछौँ हामीलाई बाध्य नपारियोस्’

विप्लवले जारी गरे विज्ञप्ति: ‘हामी अहिले पनि भन्दैछौँ हामीलाई बाध्य नपारियोस्’

biplop mahobadi

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीमाथि दमन नरोकिए सरकारविरद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्तालाई सरकारले पक्राउ गरी यातना दिइरहेको उल्लेख गरेका छन् । उनले यस प्रकारको दमन नरोकिए कडा प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

विप्लवले सशक्त प्रतिरोधका लागि आफूहरुलाई बाध्य नपार्न समेत सरकारलाई सचेत गराएका छन् । ‘केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताको गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ।

हामी अहिले पनि भन्दैछौँ हामीलाई बाध्य नपारियोस्’, विज्ञप्तिमा भनिएको छ। प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो । त्यसलगत्तै विज्ञप्ति जारी गर्दै विप्लवले गिरफ्तार गरिएका सबै नेताकार्यकर्ताको रिहाइको माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds