भारतको उत्तर प्रदेशमा एक महिला र उनका दुई सन्तानको जलाएर हत्या गरिएको छ । घटना १८ अप्रिलको हो । महिलाको नाम उषा थियो । उषाका श्रीमान् गणेश घटना भएलगत्तै फरार छ । उषा र गणेश पटेलको विवाह सनु २०१२ मा भएको थियो ।
१७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए । उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए ।
पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी अतुल शर्माले महिलाको श्रीमानले मद्यपान गरेर उषालाई दुःख दिइरहन्थे त्यसकारण यो आत्महत्याको पनि मामला हुनसक्छ । पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थालिनेछ ।
यस्तै, ऊषाका माइती पक्षले भने दाइजोका लागि छोरीको हत्या भएको दाबी गरिरहेका छन् । उषाका भाइ अजितका अनुसार विवाहलगत्तै ऊषालाई दाइजोका लागि तनाव दिइन्थ्यो । उनका ससुरा र श्रीमानले कुटपिट गर्ने गर्दथे । उनीहरुले ऊषालाई माइतीबाट एक लाख भारु र बाइक ल्याउन भनिरहेका थिए । ऊषालाई एकपटक यति बेस्सरी कुटिएको थियो कि उनले कानको जाली नै फुटेको थियो ।
गत वर्ष डिसेम्बर ३१ तारिखमा पनि निर्घात कुटिएको थियो । अजितले गणेश र उनका पिताले उषा र उनका दुई सन्तानको हत्या गरेको दाबी गरे । उनले सुरुमा ऊषाको गला दबाएर हत्या गरिएको र त्यसपछि जलाइएको दाबी गरे । घटनापछि उषा र उनका श्रीमान् गणेश फरार छन् । गणेशका बुवालाई पक्राउ गरिसकिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते