वेगनासतालमा हप्तैपिच्छे सरसफाई, ५४ हप्ता पूरा

वेगनासतालमा हप्तैपिच्छे सरसफाई, ५४ हप्ता पूरा

Begnas Safai (1)

पोखरा :  बेगनास तालमा हप्तैपिच्छे बृहत् सरसफाईे अभियानको सुरु भएको ५४ औं हप्ता पुगेको छ । व्युटिफुल वेगनासलाई आत्मसाथ गर्दै स्थानीय वेगनास युवा क्लवले सुरु गरेको वेगनासतालमा हप्तैपिच्छे सरसफाई अभियान शनिबार ५४ औं पुगेको क्लवका अध्यक्ष राम रानाभाटले जानकारी दिए ।

‘वेगनास आफैमा पर्यटकीय स्थल हो । यहाँ हुने फोहोर यस क्षेत्रको ईज्जतसंग जोडिएको हुन्छ’ उनले भने, ‘पर्यटकको आतिथ्यतामा फरकपनको आभाष होस् र स्थानीय ठाउँहरु आफैं सफा राख्नु पर्छ भन्ने हेतुले सचेतनाका लागि यो अभियान नै गरेका हौँ ।’

शनिवार मन्धरेपार्क नजिकै रहेको प्रतिक्षालय पछाडी वाट मात्रै १० वोरा फोहोर निकालिएको थियो । उक्त स्थानमा डुङ्गा व्यबसायीले फोहोर उठाउने जिम्मा लिए पनि समितिको लापरबाहीले गर्दा केही हप्ता देखि फोहोर उठ्न सकेको थिएन ।

यस हप्ता पनि क्लव भवन देखि शुरु भएर मन्धरेपार्क, ड्यामसाईड,पर्यटन मार्ग, नहरचोक, वसपार्क हुँदै क्लव भवन सम्म सफाई गरिएको थियो। शनिबारमात्रै १५ वोरा फोहोर संकलन भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ