काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ । एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।
जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ । सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।
यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।
जेटका विमान कर्मचारीले लगाउने पहेंलो ड्रेसमै उनीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हस्तक्षेप गर्न अपील गरेका थिए । केहीले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘मेरा बच्चाहरूले औषधि मागिरहेका छन् । हामी कहाँ गएर भीख माग्ने ? हामीले सरकारलाई नभन्ने हो भने कसलाई भन्ने त ?’ जेट एयरवेजका ब्यागेज ह्यान्डलर राजेन्दर कुमारले बिलौना गरे ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम