तनहुँ । तनहुँको भिमादबाट आधामारा जादै गरेको जिप जुकेपानि स्थित खोलामा खस्दा शनिबार दुर्घटना भएको छ ।
शनिबार सवा ३ बजेको समयमा भिमाद नगरपालिका वडा नं. २ जुकेपानि स्थित ग १ज ६५२५ नं. को जिप सडक बाट तल खस्दा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा जिपमा सवार ८ जना घाइते भएका छ्न । घाइते लाई उपचारको लागि गण्डकि मेडिकल कलेज पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकबाट अन्दाजी १५ मिटर तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
जिप घटनास्थलमानै रहेको र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुनेहरुमा भिमाद नगरपालिका वडा नं. १ काउले बस्ने वर्ष ४२ को तारा बि.क., वर्ष २४ कि सिता थापा, वर्ष ६६ कि सोभा थापा, वर्ष २२ कि शान्ती थापा, वर्ष ४० को पुर्ण परियार, वर्ष ४० कि पार्वती थापा, वर्ष ३५ कि सेति मायाँ परियार, वर्ष २२ कि पविना थापा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको हात र खुट्टामा चोट लागेको र अबस्था मध्यम रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने