बन भ्याकुर खादा दमौलीमा १० जना बिरामी, दमौली अस्पतालमा उपचार हुँदै

बन भ्याकुर खादा दमौलीमा १० जना बिरामी, दमौली अस्पतालमा उपचार हुँदै

ban1

तनहुँ । बन भ्याकुर खादा दमौलीमा १० जना बिरामी भएक छन ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ गल्बुबेसिका स्थानीयले बन भ्याकुर खादा बिरामी भएका हुन ।

बिरामी हुनेहरुमा व्यास १ बस्ने वर्ष ३५ कि सिता पहाडी, वर्ष ३३ कि खुसी गुरुङ, वर्ष १२ कि संगिता गोदार, वर्ष ४० कि मायाँ राना, वर्ष ३१ कि गुनुमायाँ गुरुङ, वर्ष ४० कि चन्द्रकला गुरुङ, वर्ष ५० को मिश्र गोदार, वर्ष ९ कि सम्पन्न गुरुङ, वर्ष ५२ को श्रि बहादुर गुरुङ र वर्ष ३६ कि मायाँ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिरामीहरुको दमौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार साझ सवा ८ बजेको समयमा बन भ्याकुर खाई विरामि भएको प्रहरी जनाएको छ ।

बिरामीको उपचारको लागि जिल्ला अस्पताल दमौलि ल्याइएको र बिरामीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त बन भ्याकुर ब्यास नगरपालिका वडा नं. ६ स्थित कलेस्ती जंगलको भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त स्थानमा प्र.ना.नि.कृष्ण बानियाको कमाण्डमा ५ जनाको टोलि खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो : राजेश क्षेत्री 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ