आठौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा प्याराग्लाईडिङ आजदेखि

आठौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा प्याराग्लाईडिङ आजदेखि

para–main-

पोखरा :  आठौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा आजदेखि प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै छ । पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको प्याराग्लाइडिङ प्रतियोगिता आजदेखि आगामि बैशाख ९ गतेसम्म हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन गत बिहिबार नै गण्डकी प्रदेशका सांसद राजिब पहारीले गरेका थिए । आजदेखि सुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ जना महिला र १० जना पुरुष, कर्णाली प्रदेशबाट ४ जना पुरुष, प्रदेश १ बाट २ जना महिला र १० जना पुरुष, प्रदेश ३ बाट १ जना महिला र १० जना पुरुष, प्रदेश ७ बाट ४ जना पुरुष सहभागि भएका छन् । त्यस्तै नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ जना महिला र १० जना पुरुषको सहभागि भएका छन् ।

टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री गरी खेलमा दुई वटा इभेन्ट हुने प्रतियोगितामा खेलाडीहरुले ६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आवश्यक सुरक्षाका प्रबन्ध, मोटर बाटो तथा आवश्यक परे हेलिकप्टर समेतको जिम्मेवारी नेपाली सेनाको राहत तथा उद्धार टोलीले लिएको छ ।

प्रतियोगिताबाट ¥याङ्किङको आधारमा ८ जना महिला र १६ जना पुरुष गरी २४ जना खेलाडीलाई राष्ट्रिय खेलाडी घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग०का लागि छनौट समेत गरिने छ । १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ ¥याङ्किङको आधारमा ८ जना पुरुष र ५ जना महिला अन्तिम छनौटमा पर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds