काठमाडौं– नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । जंगी अड्डाले कतिपय अवस्थामा अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको आचारसंहिता जारी गरेको हो । जंगी अड्डाकाअनुसार आचारसंहिताको संग्रह प्रकाशन गरेर हरेक युनिटमा वितरण गरिसकिएको छ ।
‘संगठनको हरेक तहमा कार्यरत सदस्यलाई आफूले गर्न हुने, गर्न नहुने र गर्नैपर्ने कार्यको बारेमा सूसूचित गराउने वैशाख ६ गते शुक्रबारदेखि १३ गतेसम्म साताव्यापी अभियान पनि सुरु गर्ने जंगीअड्डाको तयारी छ ।आचारसंहितामा सैनिक अधिकारीले गर्नुपर्ने व्यवहार र आचरणबारे व्याख्या गरिएको छ । सामाजिक सञ्जाल प्रयोगको हकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने विषय पोस्ट गर्न वा लाइक, कमेन्ट वा सेयर गर्न नहुने भनिएको छ ।
सेनाको विषयमा आक्षेप लाग्ने विषयमा पनि लाइक, कमेन्ट वा सेयर गर्न पनि निषेध गरिएको छ । सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोस्ट गर्न पनि निषेध गरिएको छ । आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन’ उल्लेख गरिएको छ ।
कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ । अन्य किसिमका उपहार मान्य नहुने उल्लेख भए पनि आचारसंहितामा पोस्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु