तनहुँमा फेरि भालुको आक्रमण: बाख्रा चराउन गएका प्रेम घाइते, उपचारका लागि पोखरामा

तनहुँमा फेरि भालुको आक्रमण: बाख्रा चराउन गएका प्रेम घाइते, उपचारका लागि पोखरामा

Bhalu Bear

तनहुँ : घर नजिकै बाख्रा चराउन गएका प्रेम बानियाँ भालुको आक्रमणबाट घाइते भएका छन् ।

बुधबार तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बानियाँ भालुको आक्रमणबाट घाइते भएका  हुन् ।

घर नजिकैको बनमा बाख्रा चराउन जाँदा भालुको आक्रमणबाट घाइते भएका बानियाँको उपचारका लागि पोखरा पठाइएको  प्रहरीले जनाएको छ ।

घाईते बानियाको साप्रामा गहिरो चोट, टाउको, गाला र हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

थप उपचारको लागी बानियाँलाई  गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जानकारि दिएको छ ।

भानु नगरपालिकाको ग्रामीण क्षेत्रमा पछिल्लो समय मानिस र जंगली जनावार बीच द्वन्द्व बढ्दै गएको छ । तीन जना बालबलिकाको ज्यान लिएको नरभंक्षि चितुवा मृत अवस्थामा भेटिएपनि गाउँ-गाउँमा अहिले भालुले आतंक मचाउन थालेको छ ।

भालु गाउँका घर घरमै गएर घरपालुवा जनावारलाई खुवाउन पकाएर राखिएको अन्नपात तथा कुखुरा समेत खाईदिने गरेको छ । यस्तै, भालुले मानिसलाई समेत आक्रमण गर्न थालेपछि भानु क्षेत्रका बासिन्दा आतंकित बन्न थालेका छन् ।

गत कार्तिक ७ गते घर नजिकैको सिखा जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परी भानु नगरपालिका–११ रुपाकोट खाल्टेका ४८ वर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । भालुको आक्रमणबाट हात भाँचिनुका साथै घाँटीमा ठूलो चोट लागेको थियो ।

त्यसपछि, माघ १९ गते घर बाहिर निस्केका बेला भानु नगरपालिका १३ मिर्लुङ स्थित खड्कागाउँमा भालुले आक्रमण गर्दा ६५ वर्षीय चिजबहादुर कुँवर घाईते बन्न पुगेका थिए । उनको पनि पोखरामै उपचार गरिएको थियो ।

प्रतिकात्मक तस्विर

http://gandaknews.com/bhalu-bhanu/

http://gandaknews.com/bhalu/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds