बलात्कार आरोपित श्रेष्ठ ५ लाख धरौटीमा छुटे

बलात्कार आरोपित श्रेष्ठ ५ लाख धरौटीमा छुटे

Sundar Shrestha

पोखरा : १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्त सुन्दर कुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । बलात्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष श्रेष्ठलाई बुधबार ५ लाख रुपैँया धरौटीमा रिहा गरेको हो । उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले धरौटीमा छाड्न आदेश दिएका हुन् ।

होटल व्यवसायी श्रेष्ठलाई आफनो घर नजिक एकाघरमा आश्रित बालिकामाथि २०७४ साल असोज महिनादेखि पटक पटक बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारका आरोपी श्रेष्ठलाई चैत्र ८ गते पक्राउ गरिएको थियो।

दुई दिनदेखि चलेको थुनछेक बहसपछि बुधबार श्रेष्ठलाई अदालतले थुनामा राखी कार्वाही गर्न नपर्ने भन्ने आदेश गरेको छ। वादीकातर्फबाट जिल्ला महान्यायाधिबक्ता गुरुप्रसाद वाग्ले, पूर्णप्रसाद शर्मा र अधिबक्ता भुवन पराजुली काफ्लेले बहस गरेका थिए ।

प्रतिवादी सुन्दरकुमार श्रेष्ठको तर्फबाट बरिष्ठ अधिबक्ताद्धय कृष्ण बहादुर थापा, रमनकुमार श्रेष्ठ, नेपालबार एशोशिएसनका गण्डकी उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर, उच्च बार पोखराका अध्यक्ष अधिबक्ता रोहितराज बास्तोला, अधिबक्ता गोबिन्द पौडेल, अधिबक्ता योगेन्द्र बहादुर अधिकारी, अधिबक्ता मिलन राई लगायतले पैरवी गरेका थिए।

श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १(२) को कसुर गरेको आरोपमा (३) घ बमोजिम १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर भएको थियो ।

निज बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोप लागेका एनआइसी एसिया बैंक, प्रस्याङ शाखाका म्यानेजर सुवास सुवेदीलाई अदालतले यसअघि नै ३ लाख धरौटीमा हिरासतमुक्त गरेको थियो।

सम्बन्धित समाचारहरु :-

बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठसँगको बयान आजदेखि, यौन दुव्र्यवहारको आरोप खेपेका सुवेदी ३ लाख धरौटीमा रिहा

बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दर श्रेष्ठ पक्राउ (घटना विवरण) 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ