बेरोजगारहरु जागिर पाइन भनेर भौँतारिनु पर्दैन : प्रधानमन्त्री ओली

बेरोजगारहरु जागिर पाइन भनेर भौँतारिनु पर्दैन : प्रधानमन्त्री ओली

kp oli

file photo

प्रधानमन्त्री केपी ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताएका छन् । बेरोजगार युवाहरू आफैले नविन काम सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने बताउँदै उनले युवाहरुलाई जागिर पाइन भन्दै नभौँतारिन आग्रह  गरे ।

‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन’, नेपालगन्जमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ।’

‘नेपाल जस्तो प्रकृति भएको थोरै देश छन् । जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन्। सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन्। ’ प्रधानमन्त्री ओलीले भने,‘हरेक चिज हुँदा हुँदै पनि हामी किन गरिब छौँरु विकास सरकार र निजी क्षेत्र दुवै पक्षबाट हुनु पर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds