मोरङ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थलसम्म स्कर्टिङ गरि फर्केको जीपको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको पनि मृत्यु भएको छ । गत बुधवार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थलमा छाडेर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीको ठक्करबाट घाइते भएका चौधरीको मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उपचारार्थ चौधरीको विराट नर्सिङ होममा मृत्यु भएको हो । यसअघि घटना भएको राती उपचारका क्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मोटरसाइकल चालक इटहरीका २२ वर्षिय हेम चौधरीको मृत्यु भएको थियो ।
सशस्त्रको जीपले मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ मा गत बुधबार को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बुधवार सुन्दरहरैँचामा आल्मुनियमको काम गरेर मोरटरसाइकलमा घर फर्कदै गर्दा पूर्व राजा ज्ञानेन्द्रलाई एयरपोर्टमा स्कर्टिङ फर्कीएको सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने गाडीले ठक्कर दिएको थियो।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम