पोखरा विश्वविद्यालयको क्याम्पसमा नेविसंघको ताला

पोखरा विश्वविद्यालयको क्याम्पसमा नेविसंघको ताला

Pokhara-University

पोखरा : पोखरा विश्वविद्यालयले विद्यार्थीको भविष्य अन्यौल गर्ने गरी परीक्षा तालिका प्रकाशन गरेको भन्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालय अन्तर्गत काठमाडौंमा रहेका क्याम्पसमा तालाबन्दी गरेको छ । व्यवस्थापन संकायका ३ सय ९१ जना विद्यार्थीको समस्यालाई समाधान नगरी परीक्षा तालिका निकालेपछि नेविसंघले मंगलबार क्याम्पसहरूमा तालाबन्दी गरेको हो ।

समस्या समाधानका लागि अल्टिमेटम दिएको भए पनि विश्वविद्यालय, क्याम्पस प्रशासनले आलटाल गरेकोले ताला लगाउनुपरेको नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिका सचिव चेतराज कँडेलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

नियमविपरीत विद्यार्थी भर्ना तथा क्याम्पस सञ्चालनको न्यूनतम मान्यतासमेत कायम गर्न नसक्ने क्याम्पसलाई कडा कारबाही र पीडित विद्यार्थीलाई उचित न्याय नहुञ्जेल ताला नखोल्ने नेविसंघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds