पोखरा विश्विद्यालयमा भएको अनियमित भर्ना र विद्यार्थीमा परेको असरलाई लिएर नेपाल विद्यार्थि संघ (नेविसंघ) ले सिंहदरबारको गेटैमा प्रदर्शन गरेकाे छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउने समय नपाएपछि विद्यार्थीहरुले सिंहदरबार अगाडिको सडकमै कुर्सीसहित नेविसंघकाे टोली प्रदर्शनमा उत्रिएको हो ।
कुर्सीमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटो थियो । उनीहरुले कुर्सी र फोटो जलाउन डिजेल छर्कदै थिए, त्यतिकैमा प्रहरीले हस्तक्षेप गरेर कुर्सी नियन्त्रणमा लियो । दुईजना विद्यार्थी नेता सिजन भट्ट र सरोज थापा पक्राउ परे, अरु पाँच ६ जना विद्यार्थी फुत्किन सफल भए ।
नेविसंघका विद्यार्थी नेता, पोखरा विश्वविदालय संयोजन समितिका अध्यक्ष नवराज त्रिपाठीले त्रिभूवन विश्वविद्यालयले तोकेको ११ र १२ कक्षामा सि ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना नलिने मापदण्ड विपरित पोखरा विश्वविद्यालयले भर्ना लिएर परीक्षामा सहभागी नगराएको बताए । यसरी नियमविपरित भर्ना लिने क्याम्पसको सम्बन्धन खारेजी र कडाभन्दा कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेको बताए । उनले यो आन्दोलन निरन्तर जारी राख्ने बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु