ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम

pull

सांकेतिक तस्बिर

गुल्मी – जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो । यो समाचार आजको नागरिक दैनिकमा शिवलाल सुवेदीले लेखेका छन् । 

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो । बिचमा पिल्लर नभएको ५५ मिटर लामो सो पुल २०७३ सालमा सम्झौता भई २०७४ सालमा निर्माण थालिएको थियो । अहिले यसको अनुगमनको जिम्मा प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds