काठमाडौं–कतारको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत ४६ जना नेपाली १ वर्षदेखि अलपत्र परेका छन् । आर्थिक र मानसिक तनावले एक नेपालीले आत्महत्या पनि गरेको कान्तिपुरमा खबर छ । र्पाक, स्विमिङ पुल, मनोरञ्जनस्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्रिय कम्पनीमा कार्यरत ४६ जना नेपाली १ वर्षदेखि तलब र भिसाबिहीन भएका छन् ।
लामो समयसम्म आर्थिक र मानसिक तनाव बेहोर्नुपर्दा यो कम्पनीमा आठ वर्षदेखि कार्यरत काठमाडौं, अत्तरखेलका एक कामदारले आत्महत्या नै गरेका छन् भने, अरु कामदार पनि भगौडाका रुपमा अन्य विभिन्न क्याम्पसमा काम गरिरहेका छन्।
यी कामदारको पक्षमा पहिलो चरणमा कतारको श्रम र लगत्तै उच्च अदालतले गत मंसिरमै फैसला सुनाए पनि कम्पनी मालिक बेपत्ता बनेपछि कामदारको बिजोग भएको छ । उक्त कम्पनीबाट नेपाली कामदारको झण्डै ५ करोड रुपैयाँ उठ्न बाँकी छ ।
त्यस्तै पत्रिकाले नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै शीर्षकमा अर्को समाचार छापेको छ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट लन्च हुने भएको छ । मेडिकल कलेजले फिर्ता गरेनन् पैसा शीर्षकको समाचारमा त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिककल कलेजहरुले विद्यार्थीबाट नियमविपरीत उठाएको रकम फिर्ता गरेका छन् ।
त्यस्तै पत्रिकाले नारायणी अस्पतालले सुटुक्कै महँगो मेसिन साटेको, सरकारले सुशासन कायम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको, ठगीको समाचार लेख्दा पक्राउ परेको, प्रविधिक रेलदेख नहुँदा पुल भाँचिएको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो