महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको हो ।
कृष्णपुर नगरपालिका–८ रैकवार बिचवा घर भएका १९ वर्षीय बडायक २८ गते स्थानीयको विवाहमा सहभागी हुन वडा नम्बर ७ मा आएका थिए । त्यहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेको र सोही क्रममा दुई युवकले पहिले कुटपिट गरेको र त्यसपछि बन्चरोले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा प्रेमिकाको विषयलाई लिएर युवकको हत्या गरेको देखिन्छ । हत्या गरेको स्वीकार गर्ने अयोध्या राना भने सुविलकी प्रेमिकाका पूर्व प्रेमी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । अयोध्या रानाकै प्रारम्भिक बयानबाट यस्तो खुलेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम