गण्डकी प्रदेशमा दिनभर : पोखरामा एक जनाको ओछ्यानमै मृत्यु, गिरीको दुर्घटनामा ज्यान गयो

गण्डकी प्रदेशमा दिनभर : पोखरामा एक जनाको ओछ्यानमै मृत्यु, गिरीको दुर्घटनामा ज्यान गयो

Gandaki Aaja

पोखरा । मोरङ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने ५२ बर्षीय हरेन्द्र चौधरीको ओछ्यानमै मृत्यु भएको छ । पोखराको औद्योगिक क्षेत्र भित्र टेन्ट टाईलमा कार्यरत चौधरीको सोमबार सुतिरहेको ठाउँमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान चौधरी काममा नआएपछि साथिहरुले उनि सुतेको ठाउँमा हेर्न जाँदा मृत अबस्थामा भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनामा परि नवलपरासीमा एक महिलाको मृत्यु
पूर्व—पश्चिम सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार ना ५ ख ५१८२ नं. को बसले नवलपरासीमा अन्दाजी ६५ वर्षीया मोती गिरीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएकी गिरीको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । हाल बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds