एजेन्सी । संसारमा बादरको समाज्य फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा यो जीनको भुमिका भएको विश्वास गरिन्छ ।
जुन बादरहरुमा मानिसको जिन हालियो ति बादरहरुको स्मरणशक्तिको जाँचमा राम्रो गरेको र प्रतिक्रिया पनि चाँडो दिएको वैज्ञानिकहरुको भनाई रहको छ । मान्छेमा जति समय मतिष्कको विकास हुन समय लाग्छ ति बादरहरुमा पनि उत्तिकै समय लागेको पाइयो । तर मतिष्कको आकार भने बढेन । परीक्षणमा समावेश ११ ओटा बादर मध्ये पाँचओटा मात्र बादर जीवित रहेका थिए ।
यसको लागि नैतिक प्रश्न उठाउन नमिल्ने शोधकर्ताको भनाई रहेको छ । उनीहरुका अनुसार मकाक प्रजातिका बादर आनुवंशिक रुपमा मानव भन्दा फरक रहेका छन् । तर त्यसमा धेरैका असहमति रहेको छ । युकेका पशु कल्याणको क्षेत्रमा काम गर्ने आरयसपीसिए भन्छन्, बाँदरहरु धेरै चेतनशील हुन्छन् उनीहरुमा दुख र पिडा अनुभुत गर्न सक्ने क्षमता हुन्छ । तिनले मान्छेको जिज्ञासाका कारण ठुलो मूल्य चुकाउनु परेको थियो ।
यो अनुसन्धानले ९० समान जीन भएको बाँदर भन्दा मानवको मतिष्कको कसरी आकार र क्षमताको विकास भयो भन्ने पत्ता लगाउन खोजेको छ । अर्थात कुन जीनले मान्छेलाई बुद्धिमान बनाउछ भनेर वैज्ञानिकहरुले पत्ता लगाउन खोजेको छन् ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु