आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसिया विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो ।
९३ रनको लक्ष्य पाएको नेपालले मात्र १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाललाई जित दिलाउन रित गौतमले नटआउट ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिए ।
नेपाल मलेसियासँग अहिले सम्म पराजित भएको छैन । घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिएका थिए । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । टस हारेर ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो ।
जितसंगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल दोस्रो स्थानमा उक्लिएको छ । अंकविहीन मलेसिया पुछारबाट दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुनु नै दुर्भाग्य बन्यो ।
नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन । त्यसपछि खेलकाे नतिजा डकवर्थ एण्ड लुइसको नियमका आधारमा निकालिएको थियो । जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो ।
दोस्रो खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकपको यात्रा कठिन बनेको छ । नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमान मध्य एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउने छ । नेपालले कुवेत र ओमनसँग खेल्न बाँकी छ ।नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ । बिहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउने छ ।
६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ ।
सम्बन्धित खबर
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम