लण्डनकी एक महिलाले आफ्ना पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि दुबईमा दुई वर्षको जेल सजाय भोगिरहेकी छिन् । लाहे साहराभेस,५५, लाई दुबईको एयरपोर्टमा पक्राउ गरिएको हो । उनी आफ्ना पूर्व श्रीमानको अन्तिम संस्कारमा सरिक हुन दुबई गएकी थिइन् ।
सन् २०१६ मा आफ्ना श्रीमानले पुनः विवाह गरेको तस्बिरमा दुईवटा कमेन्ट गरेकी थिइन् । साहराभेसको १८ वर्षको वैवाहिक सम्बन्ध टुटेको थियो । उनी श्रीमानसँग आठ महिना संयुक्त अरब इमिरेट्समा बसेकी थिइन् ।
उनी छोरीसहित बेलायत फर्किइन् तर उनका श्रीमान् संयुक्त अरब इमिरेट्समा नै बसे । त्यसको केही समयमा उनीहरुको सम्बन्धविच्छेद भयो । साहराभेसले फेसबुकमा तस्बिर देखेपछि पूर्व श्रीमानले पुनःविवाह गरेको थाहा पाइन् । उनले ती तस्बिरमा दुईवटा कमेन्ट गरिन् जसमध्ये एउटामा उनले लेखिन्, ‘आशा गर्छु कि अब यो मूर्ख भूमिगत हुनुपर्छ । धिक्कार छ । मलाई यो घोडाको लागि छोडिस् ।’
संयुक्त अरब इमिरेट्सको कानून अनुसार सोसल मिडियामा कसैको मानहानी गरे जेल सजाय र जरिवानाको प्रावधान छ । दुबइमा पक्राउ परेकी उनलाई दुई वर्षको जेल सजाय र ५० हजार पाउन्ड जरिवाना हुनसक्छ । यद्यपि, उनले लण्डनमा बसेर फेसबुक पोष्टमा कमेन्ट गरेकी थिइन् ।
साहराभेसका पूर्व श्रीमानकी दुबईमा बस्ने नयाँ श्रीमतीले मुद्दा दर्ता गरेको बताइन्छ । गत मार्च १० तारिखमा हृदयघातबाट मृत्यु भएका पूर्व श्रीमानको अन्तिम संस्कारमा सहभागी हुन साहराभेस छोरीसहित संयुक्त अरब इमिरेट्स उडेकी थिइन् । साहराभेसलाई पक्राउ गर्दा उनकी १४ वर्षीया छोरी सँगै थिइन् । उनी एक्लै लण्डन फर्कनु परेको बताइन्छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध