बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठसँगको बयान आजदेखि, यौन दुव्र्यवहारको आरोप खेपेका सुवेदी ३ लाख धरौटीमा रिहा

बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठसँगको बयान आजदेखि, यौन दुव्र्यवहारको आरोप खेपेका सुवेदी ३ लाख धरौटीमा रिहा

Sundar Shrestha

पोखरा । पोखरा लेकसाइडकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठसँग आज बयान हुँदैछ । कास्की जिल्ला अदालत श्रोतका अनुसार उनीसँग आज बयान विरुद्धको मुद्धामा आज थुनछेकको बहस हुन लागेको हो ।

गत चैत ८ गते १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठ र दुुव्र्यवहारको आरोपमा एनआइसी एशिया पस्र्याङ शाखाका म्यानेजर सुवास सुबेदीलाई कास्की प्रहरीले चैत्र ८ गते पक्राउ ग¥यो । त्यसपछि पहिलो पटक ६, दोेस्रो पटक १० दिन, तेस्रो पटक ५ दिनको लागि म्याद थप गर्दै कास्की हिरासतमा राखिएको   छ । यौन दुव्र्यवहारको आरोप मात्रै खेपेका सुवास सुवेदी भने धरौटीमा रिहा भएका छन् ।

मुलुकी अपराध संहिताको २२५ (३) बमोजिम बालयौन दुव्र्यबहार अन्तरर्गत ३ बर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको सुवेदी तीन लाख रुपैँया धरौटीमा रिहा भएका हुन् । मुलुकी अपराध संहिताको २१९ (३) अन्तरर्गत १० देखि १२ बर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको श्रेष्ठ बिरुद्ध जवरजस्ती करणी मुद्धा दायर भएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

http://gandaknews.com/shrestha-subedi/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds