बन्दै गरेको पुल भाँच्चियो, पाँच जना घाइते

बन्दै गरेको पुल भाँच्चियो, पाँच जना घाइते

pull

सांकेतिक तस्बिर

गुल्मीमा बडिगाड खोलामाथि बन्दै गरेको पक्की पुल निर्माणको अन्तिम चरणमा आएर भाँचिएको छ । मुसिकोट नगरपालिका–७ र ३ को झेंदी भन्ने स्थानमा निर्माणाधीन पुल भाँच्चिदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटनीसहित बडिगाड गाउँपालिका–२ का तुलबहादुर राना, मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि रहेका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ।

जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले ५ करोड लागतमा ५५ मिटर लामो पुल निर्माण गरिरहेको थियो। शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds