एजेन्सी– रुसमा राष्ट्रपति भवन क्रेमलिन र त्यस क्षेत्र वरपरका मुख्य प्रशासकीय भवनहरुलाई काैवाबाट जोगाउन रुसको रक्षा विभागले बाज र उल्लुको टिम बनाएको छ । चराहरुको यो युनिट १९८४ मा बनाइएको थियो । अहिले यसमा १० भन्दा बढी बाज र उल्लु छन् । यिनीहरुलाई विशेष तालिम पनि दिइएको छ । यो टिममा २० वर्षको एक पोथी बाज अल्फा र उसको साथी फाइल्या उल्लु छ । यिनीहरु काैवालाई आकाशमा देखेपछि,आवाज सुनेपछि उडेर धपाउन जान्छन् ।
यी चराहरुको टिमको रेखदेख गर्ने २८ वर्षीय एलेकस वालासोव भन्छन् ‘कागले यहाँका भवनभित्र गुँड नबनाउन भनेर उनीहरुको नियन्त्रण गरिएको हो । कागबाट विभिन्न किसिमका घातक रोगहरु फैलिन्छन् । यिनीहरुको मलमुत्रले क्रेमलिनको सुनको छानामा पनि क्षती पुग्ने खतरा हुन्छ । यहाँ भएका फूलहरु क्यारियोलाई पनि कौवाले नोक्सान पुर्याउँछन् । यहाँ सुरक्षाकर्मीलाई कौवाले गरेको फोहोर सफा गर्नुभन्दा यिनीहरुलाई यहाँबाट लखेट्नु सजिलो हुन्छ ।’
भवनको रेखदेख गर्ने टिमका सुपरिटेन्डेन्ट पावेल माल्कोव भन्छन् – ‘सोभियत संघको सुरुवाती दिनमा क्रेमलिन र यस क्षेत्रको रक्षाका लागि कौवा मार्ने गार्ड राखिएको थियो । कौवालाई डराउन दिन शिकारी पंक्षिको आवाज रेकर्ड गरेर त्यसको प्रयोग गरिन्थ्यो तर यो त्यति प्रभावकारी भएन ।’ माल्कोवका अनुसार यसपछि यहाँ शिकारी चराहरुलाई नै राख्ने निर्णय गरियो । रक्षा विभागअन्तर्गतका यी चराको टिम राष्ट्रपति भवनको रक्षाका लागि स्थायी रुपमा राखिएको छ ।
बाज र उल्लु नै किन ?
वालासोव भन्छन् –‘हरेक चराको शिकार गर्ने तरिका फरक हुन्छ । गोशाक्स (बाजको एक प्रजाति) निकै तीव्र गतिमा उड्छ । छोटो दुरीका लागि यो धेरै छिटो उड्न सक्छ । यसको नजिक आएका कौवा बच्ने सम्भावना थोरै हुन्छ ।’
यस्तै फाइल्या उल्लुका प्रशिक्षक डेनिस सिडोगिन पनि रातमा शिकार गर्न उल्लु उपयोगी भएकाे बताउँछन् । ‘विल्कुलै शान्त भएर यसले शिकार गर्छ । कौवाका लागि यो एक्लै काफी छ । ठूलाठूला आँखासँगै आफ्नो गर्दनलाई १८० डिग्रीसम्म घुमाउन सक्छ र एकै ठाउँमा बसेर चारैतिर हेर्न सक्छ ।’
क्रेमलिनका गार्ड्स भन्छन् ‘विश्वभर सशस्त्रबलमा चराको टिम प्रयोग गरिन्छ । किराफट्यांग्रालाई डराउन, ड्रोनलाई खसाल्न पनि यस्ता चराको प्रयोग हुन्छ । तर क्रेमलिनको सुरक्षामा तैनाथ पंक्षिको प्रयोग ड्रोन खसाल्न गरिएको छैन, यसका लागि अन्य आधुनिक प्रविधिको प्रयोग हुन्छ ।’
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी