पोखरा, १ वैशाख । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबले आयोजना गरेको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ यू–१९ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि अक्सफोर्ड एफसीले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा रञ्जन मेमोरियल क्लबलाई २—० गोलले पराजित गर्दै अक्सफोर्डले उपाधि सहित ४२ हजार २ सय २२ रुपैँया हात पार्न सफल भयो । उपविजेतामा चित्त बुझाएको रञ्जन मेमोरियलले २२ हजार २ सय २२ रुपैँयाका साथमा दुवै टीमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
माछापोखरी खेल मैदानमा भएको निकै रोमाञ्चकारी फाइनल खेलमा अक्सफोर्डका तर्फबाट खेम गुरुङ र मिन गुरुङले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो हाफमा सम्हालिन नसक्दा रञ्जन मेमोरियलले एकतर्फी दुई गोल व्यहोरेको हो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नरेन्द्र मगरले उत्कृष्ट फरवार्डको विधागत उपाधि पनि जिते । यस्तै, उत्कृष्ट गोलरक्षक अञ्जन शाही, उत्कृष्ट डिफेण्डर मदन गुरुङ तथा ५ गोल गरेका खेम गुरुङ हाई स्कोरर बने ।
सेभेन ए साइड फुटबल संघका प्रथम उपाध्यक्ष खेमबहादुर गुरुङ, क्लबका अध्यक्ष बिधान रेग्मी, कार्यक्रम संयोजक लक्ष्मण गुरुङ, सचिव खोबहादुर गुरुङलगायतले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । चैत २६ गतेदेखि सञ्चालित प्रतियोगितामा कूल ४० टीमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
तनहूँमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै
अन्तर्राष्ट्रिय करातेमा नेपालले ६ स्वर्णसहित २५ पदक जित्यो
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
पोखरा वडा नं. १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न
खो खो विश्वकप : उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी